Logo
२ माघ २०८१, बुधबार
(January 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुहबीमा कुष्ठरोग निमूल पार्ने उदेश्यले अन्तरक्रिया

प्रदेश एक स्थित सुनसरीको दुहबीमा कुष्ठरोग पूर्णरुपमा निमूल पार्ने उदेश्यले अन्तरक्रिया कार्यक्रम गरिएको छ । दुहबी नगरपालिकाले ६७ औं विश्व कुष्ठरोग दिवसको अवसरमा एक दिने नगर स्तरिय अन्तरक्रिया कार्यक्रम गरेको हो ।

दुहबी नगरका उपप्रमुख तथा कार्यवाहक प्रमुख सुनिता दाहाल(साह)ले कुष्ठरोग निवारणको घोषणा गरिएको भए पनि निवारणको स्थितिबाट थप न्यूनीकरणतर्फ उन्मुख हुनु तथा कुष्ठरोगको कारण अपांगता, असहाय तथा विपन्न भएकालाई समुचित व्यवस्थापन गर्दै लैजाने बताउँनु हुँदै दुहबीबाट कुष्ठरोग निवारण गरी कुष्ठप्रभावितप्रतिको भेदभाव हटाउर्नेमा जोड दिनुभयो । कार्यक्रममा दुहबी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत आन्नदराज पोखरेलले कुष्ठरोग पूर्णरुपमा निमूल पार्न सामाजिक चेतना जरुरी रहेको बताउँनुभयो ।

कार्यक्रम सहजीकरण गर्दै नेपाल कुष्ठरोग सुनसरीका संयोजक दिपक घिमिरे र दुहबी नगर स्वास्थ्य प्रमुख बिन्देश्वर प्रसाद मेहताले कुष्ठरोग अभियानको उत्प्रेरणाले विश्वभर कुष्ठरोगको निवारण, न्यूनीकरण तथा प्रभावितप्रति हुने भेदभावमा कमी हुँदै आइरहेको बताउँनुभयो । कुष्ठरोग बहुऔषधी उपचार विधिबाट निको हुने रोग हो, यसको नियन्त्रण र उल्मूलनतर्फ स्वास्थ्यकर्मी, यससँग सम्बद्ध संघसंस्था, समाजसेवी क्रियाशील रहँदै आए पनि लक्ष्यमा पुग्न अझै धेरै गर्न बाँकी रहेको बताउँनुभयो ।

दुहबीमा कुष्ठरोगको प्रभाव देखिएकाले सोको नियन्त्रण र न्यूनीकरण गर्न बन्द कोठामा मात्र नभइ वडा–वडामा गएर दुहबी क्षेत्रमा रहेका विपन्न, असक्त, असहायकुष्ठप्रभावितको लालनपालन, औषधी उपचार, पुनस्र्थापना गर्नुपर्ने आवश्यकता टड्कारो रहेको सहभागिहरुले बताएका छन । रोगको न्यूनीकरण र नियन्त्रण गर्न कुष्ठरोग दिवसमा मात्र कार्यक्रम नगरि जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिन चुनौती रहेको सहभागिहरु बताउँछन ।

दुहबीमा उपचार पछि निको भएका तथा थप ३ जना उपचाररत कुष्ठरोगी मध्ये १० जनालाइ दोसल्ला ओढाइ स–सम्मान जुत्ता बितरण गरिएको थियो । कार्यक्रम उदघोषण दुहबी नगरका स्वास्थ्य अधिकृत उचित नारायण साहले गर्नु भएको थियो । कार्यक्रम दुहबी नगरपालिकाको सभाहलमा सम्पन्न भएको हो । कुष्ठरोग दिवस १९५४ बाट मनाउन थालिएको हो ।

प्रकाशित मिति: Jan 29, 2020

प्रतिक्रिया दिनुहोस्