Logo
५ मंसिर २०८१, बुधबार
(January 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अढाइ तोला सुनका लागि महिलाको विभत्स हत्या !

लमजुङको सुन्दरबजार नगरपालिका–७ मा सोमबार बिहान एक महिलाको विभत्स तवरले हत्या गरिएको छ ।अढाई तोला सुन र २२ हजार नगदका लागि एक एकल महिलाको हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले जनाएको छ ।

 

जिल्ला पहरी कार्यालय लमजुङका अनसार सुन्दरबजार नगरपालिका–७ को पाउदी बजारस्थित मस्याँर्ङ्दी आधारभूत विद्यालयका पछाडि निवासी ६० वर्षीर्या एकल महिला सीता पाखरेल भुजेलको हत्या गरिएका हो ।
मृतकका दायाँ कञ्चटमा बञ्चरो प्रहार गरिएको गहिरो चोट रहेको छ।

मृतकका घाँटीमा प्रहार गरिएको बञ्चरो घाँटीमै गाडिको तर बिड फुक्लिएको, रगत छरपष्ट भएको र मझेरीभरि मकै छरिएका र उनको रगत लतपत भएको अवस्था देखिएको सोही वडाका अध्यक्ष जयराम रेग्मीले बताए ।

ब्म्ख्भ्च्त्क्ष्क्भ्ःभ्ल्त्

बृद्धाले कानमा लगाएका करिब अढाई तोलाको सुनका गहनाका साथै दुई दिन अघि मात्र उनले २२ हजार रुपिया“मा एक खसी बिक्री गरेको सुनिएको हो तर ती गहना पैसा केही भेटिएन स्थानीय समाजसेवी भूमिनन्द तिमिल्सेनाले बताए ।
पोख्रेलले २० वर्षदेखि पाउँदी क्षेत्रमा बसेर बाख्रा पालन व्यवसाय गर्दै आएकी थिइन् । हालसम्म कसैलाई पनि पक्राउ नगरिएको र अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयल लमजुङका प्रहरी नायब उपरीक्षक रविन्द्रमान गुरुङले बताए । नेपाल समाचारपत्रमा खबर छ ।

प्रकाशित मिति: Jan 29, 2020

प्रतिक्रिया दिनुहोस्