Logo
३ आश्विन २०८१, बिहीबार
(January 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

म्यानपावरबाट कामदार ठगिन छाडेनन्, नियामक निकायमा उजुरीको चाङ्

सुखी नेपाली समृद्धको नेपालको नारा घन्काउने सरकारले मुलुकमा सबैलाई रोजगारी दिन नसक्दा नेपालीहरु विदेशीमा बाध्य छन् ।
विदेशीनु पर्दाको पिडाका विच उनीहरु म्यानपावरबाट ठगिन समेत छाडेका छैनन ।

गत आर्थिक वर्षको अघिल्लो ६ महिनाको तुलनामा चालू आवको सोही अवधिका वैदेशिक रोजगारीका क्रममा म्यानपावर कम्पनी (संस्थागत)विरुद्धमाठगीका उजुरीबढेको पाइएको छ ।गत आवको सुरुका ६ महिनामा म्यानपावर विरुद्धका उजुरीको संख्या ५५४ बाट ३५ प्रतिशतले वृद्धि भएर चालू आवको सोही अवधिमा ७४८ पुगेको छ ।

गत आर्थिक वर्षको पहिलो६ महिनाको तुलनामा चालू आवको सोही अवधिमा म्यानपावरको ठगीमा परी उजुरी गर्ने पीडितको बढेको हो ।
वैदेशिक रोजगार विभागको उजुरी तथा अनुसन्धान शाखाले सार्वजनिक गरेको पछिल्लो तथ्यांकमा गत वर्षको सुरुका ६ महिनामा ठगीमा परेको जनाउँदै ५५४ उजुरीकर्ताले १९ करोड ९८ लाख २६ हजार ७२० रुपैयाँ दावीसहित उजुरी दिएको विभागले जनाएको छ । यसैगरी चालू आर्थिक वर्षको सोही अवधिमाठगीमा परेको भन्दै ७४८ जना युवाले२३ करोड ९१ लाख ५ हजार १९३ रुपैया दाबी गरी उजुरी दिएका छन् । गत वर्षको तुलनामा दाबी रकममा पनि १९ प्रतिशतले वृद्धि भएको पाइएको छ ।

गत वर्षको तुलनामा उजुरीकर्ताकोसंख्या बढेसँगै रकममा ४ करोडको हाराहारीमा बढेको छ । सरकारले वैदेशिक रोजगारीको ठगीलाई कडाईका साथ अघि बढाएपछि न्याय पाउने अपेक्षासहित उजुरी र रकम दाबी गर्ने संख्या बढेको देखिन्छ । गत वर्ष उजुरी दिएका ५५४ मध्ये ८४ प्रतिशत अर्थात ३०१ जनाको दाबी उपर फरफारक भएको भने चालू आर्थिक वर्षको पुषसम्म ७८४ उजुरीकर्तामध्ये ७५ प्रतिशत अर्थात ४२७जनाको उजुरी उपर फरफारक भएको छ ।

लगभग २४ करोड रुपैया ठगी भन्दै पीडितले बिभागमा दिएको उजुरीमध्ये चालू आवको ६ महिनामा ४ करोड २ लाख ७८ हजार रुपैया दाबी अनुसारको बिगो भराइएको छ । गत वर्ष भने ३ करोड दाबी बिगो भराईएको पाईएको छ । यो अवधिमा विभागले उजुरीका आधारमा पीडकबाट ५१ लाख ५० हजार जरिवाना रकम उठाएको छ ।

प्रकाशित मिति: Jan 28, 2020

प्रतिक्रिया दिनुहोस्