Logo
३ आश्विन २०८१, बिहीबार
(January 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्वेन्द्र खनालले आइजीपीबाट अवकाश लिर्दै, अवका दाबेदार यस्ता !

नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल २०७६ माघ २८ मा अवकाश हुँदैछन् । उनको अवकाश हुन अब १४ दिनमात्र बाँकी छ । उनको अवकाशपछि डीआईजीपीबाटै आइजीपी बढुवा हुनेछन् । डीआईजीपी ठाकुरप्रसाद ज्ञवाली, तारिणीप्रसाद लम्साल र सूर्यप्रसाद उपाध्याय आइजीपीका दाबेदार हुन् ।

यी तीन डी डीआईजीपी मध्येबाट ज्ञवाली नै बरिष्ठताका आधारमा आइजीपी हुने कुरा लगभग निश्चित जस्तै भएको गृह स्रोत बताउछ । केपी ओली नेतृत्वको सरकारले खनाललाई पनि बरिष्ठताका आधारमै आइजीपी नियुक्त गरेकाले ज्ञवाली नै भावी प्रहरीको नेतृत्वमा पुग्ने कुरा अनुमान गरिएको छ ।

ज्ञवाली आइजीपी भएमा उनको कार्यकाल ४ महिना २४ दिनमात्र हुनेछ । ३० बर्षे सेवावधि हटेमा उनले ३ बर्ष नै आइजीपी सम्हाल्नेछन् । ३० बर्षे सेवावधिको प्रावधान नहटेमा उनी आगामी २०७७ असार २४ मा अवकाश हुनेछन् । उनीपछि आइजीपीका दाबेदारहरुमा डीआईजीपीहरु शैलेश थापा क्षेत्री, हरिबहादुर पाल, प्रद्युम्न कार्की, निरजबहादुर शाही हुन् । बरिष्ठताका आधारमा थापा आइजीपीका दाबेदार भए पनि यो समूहमा सबै काबिल डीआइजीहरु भएकाले चर्को प्रतिस्पर्धा रहेको छ । यो समूहका डीआइजीहरुमा क्षमता र पहुँचका हिसाबले पनि रोचक प्रतिस्पर्धा छ ।

यो समूहलाई नै उछिनेर आइजीपी महानगरीय आयुक्त डीआईजीपी विश्वराज पोखरेलले बाजी मारे भने पनि अन्यथा हुने छैन । आफ्नो समूहका सबैलाई उछिनेर डीआइजी पदमा बढुवा भएका उनी अघिल्लो समूहका शैलेश थापा र हरि पालहरुलाई नै उछिनेर प्रहरीको नेतृत्वमा पुग्ने सम्भावना पनि रहेको साँधुमा खबर छ । शैलेश थापाको समूहबाट आइजीपी भएमा २०७९ बैशाखसम्म नै कार्यकाल हुनेछ ।
त्यसबीचमा डीआइजी पोखरेल उमेरका कारण एआइजीबाटै अवकाश हुनेछन् । उमेरका कारण छिटो अवकाश हुने रहेकाले थापा र पालको समूहलाई उछिनेर आइजीपी हुने सम्भावना पनि छ । शैलेश थापा क्षेत्री र विश्वराज पोखरेलको जन्ममिति २०२३ साल हो । पोखरेल २०२३ माघमा जन्मिएका हुन् । थापाको समूहका ४ डीआइजीमध्येबाट आइजीपी भएमा पोखरेलको आइजीपी हुने संभावना अन्त्य हुनेछ । हरि पालको जन्ममिति २०२५ र शाहीको २०२६ हो ।

एआइजी बढुवामा पनि पोख्रेललाई बढी नै सकस छ । २०७६ माघ २८ मा सर्वेन्द्र खनाल, पुस्कर कार्की र ठूले राई अवकाश भएपछि ज्ञवालीको समूहबाट तारिणी लम्साल र सूर्य उपाध्याय एआइजीका दाबेदार हुन् । त्यसपछिको समूहका शैलेश थापा, हरि पाल, प्रद्युम्न कार्की र निरज शाही छन् । डीआइजी पोखरेल यिनीहरुभन्दा कनिष्ट हुन् । एआइजीका पदमा अघिल्लो दुई समूहकै ६ जना भएकाले पोखरेलको बढुवाका लागि महाभारत कै स्थिति रहेको छ ।

प्रकाशित मिति: Jan 28, 2020

प्रतिक्रिया दिनुहोस्