सभामुखका सापकोटाविरुद्ध परेको मुद्दा न्यायाधीश हरि फुयाँलले नहेर्ने
सभामुखका एकल उम्मेदवार अग्नि सापकोटाविरुद्ध परेको मुद्दा न्यायाधीश हरि फुयाँलले हेर्न नमिल्ने भएको छ । यो सँगै रिटमाथिको सुनुवाइ न्यायाधीश हरि फुयालले नगर्ने भएका छन् ।
फुयाँलले सर्बोच्चको न्यायाधीश हुनुअघि सापकोटाविरुद्धकै अर्को मुद्दामा कानून व्यवसायीको हैसियतले बहस गरेका थिए । नैतिकताका कारण फुयाँलले मुद्दा नहेर्न नमिल्ने स्रोतले जनाएको छ ।
सापकोटालाई सभामुख नबनाउन माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटको सुनुवाइ फुयाँलको एकल इजलासमा आज तोकिएको थियो ।
फुँयालको इजलासमा आज सुनुवाइ नहुने निश्चित भएको छ । उता, सभामुखमा सापकोटा आजै निर्वाचित हुनेछन् ।