अग्नि सापकोटालाई सभामुख बनाउने प्रक्रिया तत्काल रोक्न सर्वोच्चमा रिट
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं सांसद अग्नि सापकोटालाई सभामुख बनाउन थालिएको प्रक्रिया रोग्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ। शुक्रबार अधिवक्ता दिनेश त्रिपाठीले सभामुख बन्नबाट रोक्न मागसहित सापकोटाविरुद्ध रिट दायर गरेका हुन् ।
प्रतिनिधि सभाको सभामुखमा एकमात्र उम्मेदवार बनेका सापकोटाविरुद्ध द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न रहेको भन्दै अधिवक्ता त्रिपाठीले रिट दायर गरेका हुन्।
रिटमा सापकोटलाई सभामुख बनाउने प्रक्रिया तत्काल रोक्न, उनलाई पक्राउ गर्न, उक्त मुद्दाको अनुसन्धानका लागि विशेष कमिटी गठन गर्न माग गरिएको छ। उक्त रिटको सुनुवाइ आइतबारका लागि तोकिएको त्रिपाठीले जानकारी दिए।
प्रतिनिधिसभाको रिक्त सभामुखमा सत्तारुढ दल नेकपाबाट नेता सापकोटाको उम्मेदवारी परेको छ। सभामुखको निर्वाचन १२ गतेलाई तोकिएको छ।