साझालाई दिएको रकम फिर्ता गर्दै सरकार
सरकारले साझा यातायात सहकारी संस्था लिमिटेडलाई विद्युतीय बस खरिद गर्न दिएको तीन अर्ब रुपैयाँ ब्याज रकमसहित फिर्ता गर्नेनिर्णय गरेको छ ।
यस्तै सरकारले नयाँ विद्युतीय बस खरिद गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएको छ ।
सो कार्यका लागि तीन अर्ब रुपैयाँ भौतिक मन्त्रालयलाई उपलब्ध गराउने निर्णयसमेत गरिएको छ । गोरखापत्र दैनिकमा खबर छ ।