Logo
५ मंसिर २०८१, बुधबार
(January 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तपाईंहरु गान्धीतिरको हुनुहुँदो रहेछ, म चााहिँ रावणतिर परें : दिपक मनाङे

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेशसभा सदस्य सांसद राजीव गुरुङ (दिपक मनाङे) अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङविरुद्ध सार्वजनिक स्थलमा नै कुटपिटमा उत्रिए ।

गत मंगलबार एन्फा कास्कीका अध्यक्ष गुरुङलाई मुख्यमन्त्री कपको उद्घाटन कार्यक्रममै झापड हानेर चर्चामा आएका मनाङेले बुधबार पोखरामा पत्रकार सम्मलेन गरेर ठगलाई झापड हान्न पाइने भन्दै कानुनी राज्यको खिल्ली उडाए ।

‘मेरा १८ जना बच्चालाई अलपत्र पारेपछि झापट हानेको हुँ, ठगलाई झापड हान्न पाइन्छ’ उनले भने । उनले ठगलाई झापड नहानेर माला लगाउन त भन्दै उल्टै प्रतिप्रश्न समेत गरे । ‘ठगलाई मैले झापड नहानेर माला लगाउने त ?’, उनले भने, ‘पुलिसले यसै पक्रन मिल्दैन ।’

उनले आफू रावणतिरको भएको बताउँदै झापड हान्दा मज्जा लाग्ने पनि बताए । ‘तपाईंहरु गान्धीतिरको हुनुहुँदोरहेछ । म चााहिँ रावणतिर परें’, उनले भने ।

मनाङेले पत्रकार सम्मेलन गरेर शुशिल कोइराला र नेकपाका वरिष्ठ नेता झलनाथ खनालले पनि कुटाइ खाएको उदाहरण दिँदै मिलनलाई पनि मुख्यमन्त्रीले नै झापड हान्नुपर्ने तर्क अघि सारेका छन् ।

उनले भने, ‘हिजो सुशील कोइरालालाई पनि चप्पल हिर्काइयो, झलनाथलाई पनि झापड हानियो, उस (मिलन) लाई त मुख्यमन्त्रीले नै झापड हान्नुपर्ने हो ।’

मनाङबाट मुख्यमन्त्री कप खेल्न आएका खेलाडीलाई मिलन र एन्फाले अलपत्र पारेको उनको जिकिर थियो । उनले एन्फा अध्यक्ष कर्मा छिरिङ पनि ठग नै भएको बताए ।

मनाङेले मिलनले उजुरी गरेर आफूलाई केही फरक नपर्ने प्रतिक्रिया दिए । उनले भ्रष्टाचार गरेको आरोपमा मिलनविरुद्ध नै उजुरी दर्ता गर्ने चेतावनी दिए ।

प्रकाशित मिति: Jan 23, 2020

प्रतिक्रिया दिनुहोस्