लिबियाली द्वन्द्वमा अन्तर्राष्ट्रिय शक्तिहरूले आफ्नो हस्तक्षेपलाई रोक्नुपर्ने – राष्ट्रसंघ
लिबियाली द्वन्द्वमा अन्तर्राष्ट्रिय शक्तिहरूले आफ्नो हस्तक्षेपलाई रोक्नुपर्ने लिमियाका लागि संयुक्त राष्ट्र संघका विशेष प्रतिनिधिले बताएका छन् ।
लिबियामा विदेशी हस्तक्षेपका कारण क्षणभर केही शान्ति भएजस्तो देखिए पनि यहाँको दीर्घकालिन राजनीतिक समाधानका लागि कुनै अर्थ नरहने गरेको राष्ट्रसंघीय विशेष दूत घसाम सलानीले बताए ।
विश्वका शक्तिराष्ट्रहरू लिबियामा जारी द्वन्द्वको अन्त्यका लागि जर्मनीको बर्लिनमा भेला भएका समय त्यहाँ कार्यरत राष्ट्रसंघीय विशेष दूत सलामीले लिबियाको समाधान लिबियाभित्रका प्रतिद्वन्द्वीबीच वार्ता गराएर मात्र सम्भव भएको बताएका हुन् । कारोबार दैनिकमा खबर छ ।