उड्ययनमन्त्रीसमक्ष राजीनामा दिएर अष्ट्रेलिया जाँदै वायुसेवा निगमका अध्यक्ष मदन खरेल
नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले आफ्नो पदबाट राजीनामा दिएका छन् । खरेलले आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईसमक्ष राजीनामा बुझाएका हुन् ।
मन्त्रीसंगको मतभेदका कारण उनले राजीनामा दिएको बताइएको छ । राजीनामा दिएसंगै आजै राती उनी अष्ट्रेलिया तिर जान लागेको बताइएको छ ।
आज आइतबार राति ११ बजे उनको अष्ट्रेलियाको लागि फ्लायट रहेको बुझिएको छ । यसअघि उनको कार्यशैलीप्रति प्रश्न उठाउँदै निगम सञ्चालक समितिले नै स्पष्टीकरण माग गरेको थियो ।
झापाका खरेललाई सरकारले गत भदौमा नेपाल वायुसेवा निगम संचालक समितिको कार्यकारी अध्यक्षमा नियुक्त गरेको थियो ।