Logo
२ माघ २०८१, बुधबार
(January 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पैसा तिर्न नसक्नेलाई नि:शुल्क गुणस्तरीय पानीको व्यवस्था गरिनु पर्छ : सांसद खगराज अधिकारी

काठमाडौं : सांसदले नागरिकले एक दिनमा न्यूनतम ४५ लिटर गुणस्तरीय खानेपानी निःशुल्क पाउनुपर्नेमा जोड दिएका छन्।

संघीय संसद प्रतिनिधिसभाअन्तर्गतको विकास तथा प्रविधि समितिको आइतबारको बैठकमा सांसद खगराज अधिकारीले पानी खान पाउने मौलिक हक भएकाले पैसा तिर्न नसक्नेलाई निःशुल्क गुणस्तरीय पानीको व्यवस्था गर्नुपर्ने बताए।

उनले भने, ‘घरै लगेर दिनुर्पयो जोसँग पानी छैन ट्याङ्करबाटै, धारा छैन भने त्यो मान्छेले ४५ लिटर गुणस्तरीय पानी पाउनुर्पयो, हरेक गरिबले पाउनु पर्यो, पैसा तिर्न नसक्नेले पाउन पर्यो त्यो व्यवस्था चाहियो कहाँबाट हुन्छ व्यवस्था गरौँ।’ उनले पैसा तिर्न नसक्नेले पानी पाउँदैनस भन्ने किसिमले कानून बनाउनु नहुनेसमेत बताए।

उनले भने, ‘४५ लिटर पानी पैसा तिर्न नसक्नेलाई तैले पाउँदैनस भन्न कहीँ पाउँदैन राज्यले।’ सांसद रंगमती शाहीले गाउँगाउँमा पनि शुल्क तिरेर पानी खाने अवस्था रहेको र गरिबले ऋण धन गरेरै भए पनि धारा बनाउनु परेको उल्लेख गर्दै निःशुल्क पानीको व्यवस्था गर्नुपर्नेमा जोड दिइन।

उनले भनिन् ‘गाउँमा पनि घरघरमा धारा दिन पाइदैन भन्ने त कहाँ छ? भोलि त गाउँगाउँमा पनि घरघरमा धारा लिन खोज्लान पहुँचवालाले खालान नहुनेले नपाउलान अनी यो बाट बन्चित हुन्छन, त्यसैले त्यहाँ धनी र हुनेले तातो चिसो पानि राख्ला त्यो आफ्नो ठाउँमा छ तर नहुने ले त कमसेकम पानी खान पाउनु र्पयो नी!’ सांसद गणेशकुमार पहाडीलेभने पैसा तिर्न नसक्ने नागरिकको घरघरमा धारा र्पुयाउन राज्यको अवस्थाले नसक्ने भएकाले सार्ववनिक धाराको उपयोग गर्नुपर्ने बताए।

प्रकाशित मिति: Jan 19, 2020

प्रतिक्रिया दिनुहोस्