ओली-प्रचण्डबीचको छलफल सकियो, आज ४ बजे बस्ने सचिवालय बैठकले सभामुखको टुंगो लगाउने
काठमाडौं- प्रतिनिधिसभामा सभामुखको उम्मेदवार छान्न बसेको नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको बैठक सकिएको छ ।
दुई अध्यक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान झन्डै दुई घन्टा भेट भएको थियो ।
दुई अध्यक्षको भेट सकिएसँगै नेकपाले आज नै सचिवालय बैठक डाकेको छ । आज अपरान्ह बस्ने सचिवालय बैठकले सभामुखको उम्मेदवार टुंगो लगाउने अपेक्षा गरिएको छ ।
दुई अध्यक्षबीच सहमति जुटेको र त्यसलाई सचिवालयले अनुमोदन गर्ने बताइएको छ । सभामुख चयनमा सहमति हुन नसक्दा चार पटकसम्म प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित भइसकेको छ ।