माघ २ गते देशभर २२ औं भूकम्प सुरक्षा दिवस मनाइँदै
काठमाडौं : आगामी माघ २ गते देशभर विविध कार्यक्रम गरी २२ औं भूकम्प सुरक्षा दिवस मनाइने ।
‘भूकम्पबाट सुरक्षित पूर्वाधार, दिगो सुख र समृद्धिको आधार’भन्ने नाराका साथ यस वर्षको भूकम्प सुरक्षा दिवस मनाउन लागिएको हो ।
राष्ट्रिय भूकम्प सुरक्षा दिवस, २०७६ प्रचारप्रसार उपसमितिले पत्रकार सम्मेलन आयोजना गरी भूकम्प दिवसमा भक्तपुर दरबार क्षेत्रमा मूल कार्यक्रम आयोजना गरिने जनाएको छ ।
उपसमिति संयोजक एवं शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले मूल समारोहको कार्यक्रमअन्तर्गत भक्तपुरमा जनचेतनामूलक दुईवर्टा याली निकालिने बताए ।
१९९० माघ २ को भूकम्पको सम्झनामा २०५५ सालदेखि सुरक्षा दिवस मनाउन थालिएको हो ।