Logo
२ माघ २०८१, बुधबार
(January 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वैदेशिक रोजगारीलाई थप व्यवस्थित बनाउन प्रहरीसँग सहकार्य

वैदेशिक रोजगारीलाई थप व्यवस्थित बनाउन विभागले नेपाल प्रहरीसँग सहकार्य गरेको छ ।

वैदेशिक रोजगारीलाई थप व्यवस्थित, मर्या्दित र शोषणरहित बनाउन तथा वैदेशिक रोजगारका नाममा हुन सक्ने मानव बेचबिखन तथा ओसारपसार गर्ने कार्यलाई नियन्त्रण गर्न, त्यस्तो कार्यबाट पीडित व्यक्तिको संरक्षण तथा पुनःस्थापना गर्न विभागले प्रहरीसँग सहकार्य गरेको हो ।

सम्झौताअनुसार वैदेशिक रोजगारको क्रममा हुने मानव बेचबिखन निवारणका लागि आपसमा प्रभावकारी समन्वय र सहकार्य गर्ने, आफ्नो क्षेत्राधिकारका विषयहरू सूक्ष्म अध्ययन, अनुसन्धान तथा अन्वेषण गर्न एक अर्कालाई सहयोग र्पुयाउने तथा सहकार्य गर्ने, वैदेशिक रोजगारीको क्रममा मानव बेचबिखनका जोखिम कम गर्न राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय क्षेत्रबाट सूचना तथा स्रोत परिचालन गर्ने, वैदेशिक रोजगार व्यवसाय गर्न इजाजत नलिएका व्यक्ति, संस्था, फर्म वा एजेन्सीबाट वैदेशिक रोजगार सम्बन्ध कार्य गर्ने वा वैदेशिक रोजगारसम्बन्धी ठगीमा संलग्न हुनेलाई कानुनको दायरामा ल्याई कारबाही चलाउने तथा त्यस्ता कार्य नियन्त्रण गर्न सहकार्य गर्ने विषयमा आइतबार हस्ताक्षर भएको हो ।

त्यसैगरी, मानव बेचबिखन अनुसन्धान ब्युरोले मानव बेचबिखनसम्बन्धी मुद्दा अनुसन्धानका लागि वैदेशिक रोजगार विभागको अनुसन्धान अधिकृतको सहयोग लिन सक्ने छन् ।

वैदेशिक रोजगारसम्बन्धी मुद्दाको अनुसन्धानमा वैदेशिक रोजगार विभागले अपराध अनुसन्धान विभाग र मानव बेचबिखन अनुसन्धान ब्युरोको सहयोग लिन सक्नेछ ।

प्रकाशित मिति: Jan 13, 2020

प्रतिक्रिया दिनुहोस्