Logo
११ मंसिर २०८१, मंगलबार
(January 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपमेयर लक्ष्मी गौतमले गरिन ३६ बर्ष देखि साङ्लोमा रहेका खड्काको उद्धार

३६ बर्षदेखि साङ्गलोले बाँधेर राखेका इटहरी -२० का डिक वहादुर खडकाको उद्धार गरिएको छ ।
इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले ३६ बर्ष देखि साङ्गलोमा वाधिएर राखेका एक जना ब्यक्तिको उद्धार गरेकि हुन। इटहरी -२० का ५३ बर्षीय डिक वहादुर खडकाको उद्धार गरि उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको हो ।

उपमहानगरका स्वास्थ्यकर्मीको टोली सहित उपमेयर चढने गाडिमै राखेर उहाँलाई स्वास्थ्य उपचारका लागि धरान लगिएको हो । धेरै बर्ष अघि उपचारको प्रयास गरेपनि नभएपछि थेग्न नसकेर बाँधेर राखिएको परिवारजनको भनाई छ । खडका मानसिक विरामी रहेका कारण वाँधेर राख्नुपरेको परिवारजनले वताएका छन ।

उनि २०३६ सालमा लडेर वेहोस हुनुभएपछि मानसिक समस्या देखिएको परिवारजनले वताएको इटहरी अस्पतालका स्वास्थ्यकर्मी रामकुमार धमलाले बताए।
आर्थिक अवस्थाका कारण उपचार गर्न नसकेको हुनसक्ने छरछिमेकको भनाई छ । उपचारमा उहाँसगै धरान गएका उहाँका भाईले स्थानीय सरकार भगवान जस्तै वनेर आएको प्रतिक्रिया दिए । खडकाको निशूल्क उपचारका लागि इटहरी उपमहानगरले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सिफारिस गरेको छ ।
तत्कालको खर्चका लागि उपमहानगरको तर्फवाट १० हजार प्रदान गरिएको छ । चिकित्सकले उनको स्वास्थ्य परीक्षण सुरु गरेका छन ।

प्रकाशित मिति: Jan 10, 2020

प्रतिक्रिया दिनुहोस्