Logo
४ मंसिर २०८१, मंगलबार
(January 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष ढुंगानाद्धारा पद तथा गोपनियतको सपथ ग्रहण

नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष भीष्मराज ढुंगानाले पदभार ग्रहण गरेका छन् ।

शुक्रबार एक समारोहकाबीच ढुंगानाले पद तथा गोपनियतको सपथ लिँदै अध्यक्षको पदभार ग्रहण गरेका हुन् । नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक समेत रहेका ढुंगाना केही समयअघि मात्र बोर्डको सञ्चालक विज्ञका रुपमा नियुक्त भएका थिए ।

गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ढुंगानालाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय बिहीबार सार्वजनिक भएपछि अध्यक्ष ढुंगानाले शुक्रबार पद बहाली गरेका हुन् ।

नवनियुक्त अध्यक्षको पद बहालीमा बोर्डका कर्मचारीहरुले एक समारोहको आयोजना गरि ढुंगानालाई खादा, माला र टिका लगाएर स्वागत गरेका छन् ।

अध्यक्ष ढुंगानाले स्वागतपछि पद बहाली गरेका हुन् । पद बहाली गर्दै ढुंगानाले आफ्नो कार्यकालमा धितोपत्र बजारको दायरा फराकिलो पार्न प्रयत्न गर्ने बताएका छन् । उक्त बसरका लागि आफुलाई अध्यक्षमा नियुक्ति गरेकोमा उनले सरकारलाई धन्यवाद समेत दिए ।

बोर्डको अध्यक्ष नियुक्तिका लागि अर्थमन्त्रालयले राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुँयालकोे संयोजकत्वमा राजश्व सचिव शिशिर ढुंगाना र आइक्यान अध्यक्ष कृष्ण आचार्य रहेको छनौट समिति गठन गरेको थियो ।

उक्त समितिले ढुंगानासँगै बोर्डकै कार्यकारी निर्देशक निरज गिरी र डा.केशवप्रसाद श्रेष्ठको नाम अर्थ मन्त्रालय मार्फत मन्त्रिपरिषद् पठाएको थियो । बोर्डको अध्यक्षका लागि खुल्ला प्रतिस्पर्धा आव्हान गर्दा ८ जनाको आवेदन परेको थियो ।

अध्यक्षमा नियुक्त ढुंगानाले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमए तथा बेलायतबाट विजनेश फाइनान्समा एमबीएसम्मको अध्ययन गरेका छन् ।

प्रकाशित मिति: Jan 10, 2020

प्रतिक्रिया दिनुहोस्