Logo
५ मंसिर २०८१, बुधबार
(January 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सभामुखबारे छलफल गर्न बालुवाटार पुगिन् उपसभामुख शिवमाया तुम्बाहाङ्फे

उपसभामुख शिवमाया तुम्बाहाङ्फेले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेकी छन् । उपसभामुख तुम्बाहाङफे संसद सञ्चालन तथा सभामुख निर्वाचनबारे सत्तारुढ दलसँग छलफल गर्न बालुवाटार पुगेकी हुन् ।

उपसभामुखले सत्तारुढ दलका अध्यक्षसँग छलफल आयोजना गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । यसअघि रिक्त सभामुख पदमा कसले उम्मेदवारी दिने भन्नेमा सत्तारुढ दलभित्र एकमत नहुँदा प्रतिनिधि सभा बैठक पटकपटक सर्दै आएको थियो ।

प्रतिनिधि सभाको अर्को बैठक पुस २७ गते आइतबारका लागि बोलाइएको छ । पटकपटक संसद बैठक स्थगित हुँदा त्यसको राम्रो सन्देश नजाने भन्दै उपसभामुख तुम्बाहाङ्फेले सदन सुचारु गर्न सत्तारुढ दलका नेता र प्रधानमन्त्रीसँग छलफल आयोजना गरेको उपसभामुखको सचिवालयले जनाएको छ ।

सत्तारुढ दल नेकपाले सभामुखको रिक्ततापछि आफ्नै पार्टीका तर्फबाट सभामुखमा उम्मेदवारी दिने भनेपनि कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय गरिसकेको छैन् । सत्तारुढ दल उपसभामुख तुम्बाहाङ्फेलाई समेत राजीनामा गर्न लगाएर उपसभामुखमा अन्य पार्टीलाई प्रस्ताव गर्ने पक्षमा छ । तर, उपसभामुख तुम्वाहाङ्फे आफै पनि सभामुखका लागि दावी पेश गर्दै आएकी छन् ।

उपसभामुख तुम्बाहाङ्फेले आजै राजीनामा गर्नसक्ने सम्भावना रहेको छ ।

प्रकाशित मिति: Jan 10, 2020

प्रतिक्रिया दिनुहोस्