भारतले गर्यो प्रशोधित पाम आयल आयातमा रोका लगाउने निर्णय
भारतले प्रशोधित पाम आयल आयातमा रोका लगाउने निर्णय गरेको छ ।भारतीय सरकारको वाणिज्य विभागले बुधबार एक परिपत्र जारी गर्दै गरेको यो निर्णयको प्रत्यक्ष असर नेपालबाट हुने पाम आयल निर्यात र यसमा संलग्न उद्यमीहरुलाई हुनेछ ।
भारत सरकारको पछिल्लो निर्णयले नेपालबाट हुने पाम आयलको निर्यातसँगै मुलुकको समग्र निर्यात पनि प्रभावित हुने देखिन्छ ।
अहिले नेपालको कूल निर्यातमा करिब २५ प्रतिशत हिस्सा यसले ओगटेको छ । यो समाचार आजको आर्थिक अभियानमा प्रकाशित छ ।