Logo
४ मंसिर २०८१, मंगलबार
(January 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अन्धविस्वासलाई छिचोल्दै दैलेखमा ६३ छाउगोठ भत्काइए

दैलेख : अन्धविस्वासलाई छिचोल्दै छाउपडी प्रथा उन्मुलनका लागि छाउगोठ भत्काउने अभियान अन्तरगत जिल्लामा ६३ वटा छाउगोठ भत्काइएको छ।

चामुण्डाविन्द्रासैनी र आठबीस नगरपालिका तथा भैरबी र गुराँस गाउँपालिकामा गरी ६३ वटा छाउगोठ भत्काइएको प्रहरी प्रमुख डिएसपी हरिबहादुर ओलीले जानकारी दिए।

जिल्लामा सामाजिक कुसंस्कारको रूपमा व्याप्त छाउपडी प्रथा उन्मुलनका लागि स्थानीय प्रशासनले कडाइका साथ काम सुरु गरेको उनले बताए।

धर्म, संस्कृति र परम्पराको नाममा कुसंस्कार उन्मुलन गर्न कडाई गरिएको उनको भनाइ छ। छाउगोठ भत्काउन स्थानीय तहका जनप्रतिनीधि पनि सक्रिय छन्। जिल्लाका अधिकांश बस्तीहरुमा महिनावारी हुँदा बस्न छुट्टै छाउगोठ छैन।

पहिलो चरणमा ११ वटै स्थानीय तहमा छाउपडी उन्मुलन सम्बन्धी अन्तरक्रिया र छलफल गरिएको थियो। सोमबारदेखि जिल्लाभर छाउगोठ भत्काउने अभियान थालिएको छ। छाउगोठ भत्काउन सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीसहितको प्रहरी टोली गाउँमा खटिएको छ।

प्रकाशित मिति: Jan 7, 2020

प्रतिक्रिया दिनुहोस्