नेपाल र चीनबीच सीमा सुरक्षामा कडाइ गर्ने विषयमा बेइजिङमा छलफल
नेपाल र चीनका गृहमन्त्रीबीच सीमा सुरक्षा, द्विपक्षीय सम्बन्ध र चीनविरोधी गतिविधिमा कडाइ गर्ने विषयमा बेइजिङमा छलफल भएको छ ।
गृहमन्त्री रामबहादुर थापा र चीनका सार्वजनिक सुरक्षामन्त्री चाओ खचीबीच दुई देशका सुरक्षा चासोका विषयमा छलफल भएको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ ।
दूतावासका अनुसार दुई देशले चीनमा अपराध गरी नेपालमा लुक्ने र नेपालमा बसेर दुवै देशको सुरक्षामा खलल पुर्याउनेविरुद्ध सहकार्य गर्ने भएका छन् अन्नपूर्ण पोस्टमा खबर छ ।