Logo
३ मंसिर २०८१, सोमबार
(January 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘सङ्घीयताको सफल कार्यान्वयनमा सञ्चारकर्मीको महत्वपूर्ण भूमिका’

प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले सङ्घीयताको सफल कार्यान्वयनमा सञ्चारकर्मीको महत्वपूर्ण भूमिका रहने बताएका छन् । छ ।

सञ्चारकर्मीसँग आज यहाँ आयोजित भेटघाट कार्यक्रममा उनले सङ्घीय गणतन्त्र स्थापनामा सञ्चारकर्मीको ठूलो योगदान रहेको उल्लेख गर्दै लोकतन्त्रमा विधि र नीतिका आधारमा कार्य गर्नुपर्नेमा जोड दिए ।

उनले प्रदेशलाई पर्यटकीय प्रदेशका रुपमा निर्माण गर्न मानव, पृथ्वी र वातावरणको सकारात्मक प्रयोग गरी दिगो पर्यटकीय क्षेत्रको विकास गर्न आग्रह गरे ।

उनले नयाँ-नयाँ पर्यटकीय गन्तव्य क्षेत्रको आकर्षण सम्बन्धी समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिँदै पर्यटकीय क्षेत्रमा लगानीकर्तालाई भित्र्याउन सहयोगी भूमिका खेल्नुपर्नेमा जोड दिए ।

प्रमुख अधिकारीले सत्यतथ्यका आधारमा जनतामा समाचार पस्कन आग्रह गर्दै गलत कार्यलाई सुधार गर्दै गोप्य सूचनाको स्रोतको संरक्षण गर्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ का अध्यक्ष विक्रम लुइँटेल, वरिष्ठ पत्रकार यज्ञ शर्मा र मोहन भण्डारीले भ्रमण वर्षलाई सफल बनाउन सञ्चारकर्मीले सक्रिय भूमिका खेल्ने बताए ।

प्रकाशित मिति: Jan 6, 2020

प्रतिक्रिया दिनुहोस्