Logo
३ मंसिर २०८१, सोमबार
(January 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुहबीकि ममताको हत्या भएको मृतकका भाइको दाबी

प्रदेश एक स्थित सुनसरीको दुहबीमा अचेत अवस्थामा भेटिएकी ममता तब्दारको हत्या भएको मृतकका भाइले दाबी गरेका
छ्न । दुहबी ११ स्थित सिमरबोना गाउँ निवासी ३० बर्षिय अविवाहित महिला ममता कुमारी तव्दार आइतबार साँझ ६ बजे अचेत अवस्थामा घर छेउमा भेटिएकी थिइन ।

उनको नोवेल अस्पतालमा उपचाररत वुधवार राती मृत्यु भएको थियो । मृतकका भाइ दिवाकर तब्दार नोवेल अस्पतालमा मेडिसिन विभागमा कार्यरत छन । दिवाकर तब्दारका अनुसार ममतालाइ उपचार गर्ने नोवेल अस्पतालका डक्टरसँगको कुराकानीमा बिरामीको प्रवृती हेर्दा हत्या भएको हुन सक्ने आशंका गरेको बताए ।

घटनावारे सोमवार संचारकर्मीसँगको कुराकानीमा दिवाकर तब्दारले आफ्नो दिदीलाइ गम्भिर चोट लागेको र घाँटी रेटिएको देखिएकोलेहत्यानै भएको दावी गरेका छन । आइतवार वेलुका घाँस काट्न गएकी ममता अवेर साँझ सम्म घर न आएपछि खोजतलास गर्ने क्रममा आफ्नै घरदेखि ५० मिटर छेवमा रहेको एनसेल टावर छेवमै अचेत अवस्थामा अनुहार तथा जिउभरिमा चोट लागेको र मुख बटारिएको शंकास्पद अवस्थामा भेटिएको ममताको दाहा संस्कार भइसकेको पारिवारिक स्रोतले बताएको छ ।

मुचुल्का उठाइ सकेको ममताको मृतक शबलाइ पोष्टमार्टमकोलागि कोशी अञ्चल अस्पताल पठाइएको घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रबिण कार्कीले बताए ।

प्रकाशित मिति: Jan 6, 2020

प्रतिक्रिया दिनुहोस्