सुनको मूल्य बजारमा अहिलेसम्मकै सबैभन्दा उच्च, पुग्यो प्रतितोला ७६ हजार रुपैयाँ
काठमाडौं : सोमबार सुनको मूल्य प्रतितोला ७६ हजार रुपैयाँ तोकिएको छ।आइतबार शुक्रबारको तुलनामा प्रतितोला १ हजार रुपैयाँले बढेर प्रतितोला ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
आइतबारको तुलनामा सोमबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबारको मूल्य नेपाली बजारमा अहिलेसम्मकै सबैभन्दा उच्च हो । केही दिनदेखि सुनको मूल्य बढिरहेको छ ।
गत बिहीबार छापावाल सुन प्रतितोला ७३ हजार ५ सय थियो । सोमबारका लागि तेजावी सुनको मूल्य प्रतितोला ७५ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले बढेको छ । आइतबार प्रतितोला ९ सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार ९ सय २० रुपैयाँ कामय भएको महासंघले जनाएको छ
।