Logo
५ माघ २०८१, शनिबार
(January 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिका र इरानबीच बढेको तनावको असर नेपालसम्म, दूतावासमा सुरक्षा बढ्यो

अमेरिका र इरानबीच बढेको तनावको असर नेपालसम्म देखिएको छ ।काठमाडौंस्थित अमेरिकी दूतावासमा सुरक्षा सतर्कता बढाइएको छ । अमेरिकी आक्रमणमा शुक्रबार इरानी सेनाको विशेष दस्ता क्विड फोर्सका सैनिक कमान्डर जनरल कासिम सुलेमानी मारिएपछि अमेरिका र इरानबीचको तनाव उत्कर्षमा पुगेको छ ।

बदलामा इराकस्थित अमेरिकी दूतावासनजिक रकेट आक्रमण भएको थियो । केन्यास्थित अमेरिकी दूतावासमा पनि आक्रमण भएपछि अमेरिकाले आफ्ना दूतावासहरूमा समेत सतर्कता बढाएको छ । त्यहीअनुसार दूतावासआसपास सुरक्षामा थप कडाइ गरिएको उच्च प्रहरी स्रोत बताउँछ ।

काठमाडौंस्थित अमेरिकी दूतावासले यसबारे अनौपचारिक रूपमा नेपालका सुरक्षा अधिकारीहरूसँग कुरा गरिसकेका छन् । ‘नेपाल मात्र होइन सबै देशका आफ्ना दूतावासहरूमा उनीहरूले सतर्कता बढाएका छन्,’ एक उच्च प्रहरी अधिकारीले भने, ‘त्यहीअनुसार प्रहरी परिचालन बढाइएको छ ।’

 

सो घटनाको बदलामा कुनै पनि देशमा अमेरिकी नियोगमा आक्रमण हुन सक्ने आकलनका आधारमा पूर्वसतर्कता अपनाइएको हो । अमेरिकी दूतावासको सुरक्षामा सशस्त्र प्रहरीबाट इन्स्पेक्टरको कमान्डमा पहिलेदेखि नै प्रहरी टोली खटिँदै आएको छ । नेपाल प्रहरीले पनि दूतावासआसपास गस्ती बढाएको छ । नयाँ पत्रिकामा खबर छ ।

प्रकाशित मिति: Jan 6, 2020

प्रतिक्रिया दिनुहोस्