Logo
३ आश्विन २०८१, बिहीबार
(January 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश-३ को राजधानी र नामका विषयमा सहमति जुट्न सकेन्, मंगलबार बहुमतले पास गरिने

प्रदेश नं–३ का सभामुख सानुकुमार श्रेष्ठले राजधानी र नामका विषयमा प्रदेशसभामा साेमबार छलफल हुने र मंगलबार मतदान हुने बताएका छन् ।

प्रदेशसभा सचिवालयमा आइतबार पत्रकारसँग छलफल कार्यक्रमको आयोजना गरेर उनले दुई दिनको कार्यविधिका बारेमा जानकारी गराएका हुन्।

पहिलो दिनको प्रदेशसभा बैठकमा नौ प्रस्ताव रहेका उनले जानकारी दिए । त्यसैगरी दोस्रो दिन छ प्रस्ताव रहेका र त्यसमध्ये राजधानीका बारेमा निर्णयसमेत रहेको उनले बताए ।

राजधानीका लागि सम्भावित भनी तोकिएका पाँचवटै जिल्लाका विषयमा छलफल हुने उनको भनाइ छ । निर्णयार्थ दुई तिहाइ बहुमतले पारित गरेको जिल्लालाई राजधानी घोषणा गरिने सभामुख श्रेष्ठले बताए ।

निर्णयार्थ छलफलमा जाँदा वर्णमालाका आधारमा छलफल हुने र प्रत्येक जिल्लाका लागि मतदानसम्मको प्रक्रिया पूरा गरिने उनले जानकारी दिए ।

प्रकाशित मिति: Jan 5, 2020

प्रतिक्रिया दिनुहोस्