Logo
१९ पुस २०८१, शुक्रबार
(January 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रिय सभाका लागि नारायणकाजीले पोखरा पुगेर गराए मनोनयन दर्ता

रास्ट्रिय सभा सदस्यका लागि गण्डकी प्रदेशबाट नारायणकाजी श्रेष्ठले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । उनीसँगै नेकपाकी भगवती न्यौपानेले महिलातर्फबाट रास्ट्रिय सभा सदस्यको लागि उम्मेदवारी दर्ता गराएकी हुन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको महिलाबाट म्यादीकी बिमला गौचनले उम्मेदवारी दर्ता गराउने छिन् । खुलाबाट स्याङ्जाका सुर्यप्रसाद रेग्मीले उम्मेदवारी मनोनयन दर्ता गराउने छन् ।

कांग्रेसका बिन्दा राना कास्की र गोरखाका सुरेन्द्र पान्डेको ठाउँमा रास्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुन लागेको हो । गण्डकी प्रदेशमा जम्मा जम्मी २ सय ५२ मतदाता छन् । ८५ स्थानीय तहका प्रमुख र उपप्रमुख, प्रदेश सभा सदस्यले मत हाल्ने छन् ।

गण्डकी प्रदेशको मतदानस्थल जिल्ला निर्वाचन कार्यालय कास्कीको कार्यालयलाई तोकिएको छ । आउँदो माघ ९ गते रास्ट्रिय सभा सदस्यको लागि निर्वाचन हुँदै छ ।

प्रकाशित मिति: Jan 5, 2020

प्रतिक्रिया दिनुहोस्