एक दशकअघिको बहुचर्चित नक्कली भ्याट बिल प्रकरणका मुद्दाहरूमा आदेखि सुनुवाई हुँदै
सर्वोच्च अदालतले एक दशकअघिको बहुचर्चित नक्कली भ्याट बिल प्रकरणका मुद्दाहरूमा आइतवारदेखि सुनुवाई गर्दै छ ।
नक्कली बिलमार्फत भ्याट र आएकर छलेको आरोपमा भएको संशोधित कर र जरिवानामाथि सर्वोच्चबाटै ‘न्यायिक परीक्षण’ हुन लागेको हो ।
भाटभटेनी डिपार्टमेन्ट स्टोललगायत ५ वटा कम्पनीका मुद्दा एक साथ राखिएका छन् ।
नक्कली भ्याट बिल प्रकरणमा जोडिएका कम्पनीहरू मुख्य रूपमा आयकर र मूल्य अभिवृद्धि करको विवाद मुछिएका हुन् । कान्तिपुर दैनिकमा खबर छ ।