Logo
५ माघ २०८१, शनिबार
(January 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालले चीनसँग मात्र सहयोग लिनुपर्छ भन्ने छैन : चिनियाँ राजदूत

काठमाडौं : नेपालका लागि चिनियाँ राजदूत होउ यान्कीले अमेरिकाको मिलिनियम च्यालेन्ज कोअपरेसन (एमसीसी) बाट सहयोग लिने विषय नेपालले स्वतन्त्र निर्णय लिनुपर्ने बताएकी छन् ।

राजदूत यान्कीले आज आयोजित पत्रकार सम्मेलनमा नेपालले आफ्नो आर्थिक उन्नतिका लागि कुनै पनि देशसँग सहयोग लिन सक्ने बताइन् । ‘नेपालले चीनसँग मात्र सहयोग लिनुपर्छ भन्ने छैन,’ राजदूतले भनिन्, ‘कसैको दबाबमा भन्दा आफ्नो हित हेरेर अन्तर्रा्ष्ट्रिय समुदायको सहयोग स्वीकार गर्नुपर्छ ।’

राजदूत होउले त्रिदेशीय सहकार्यको विषयमा २ जोड १ को अवधारणाबारे पनि प्रष्ट पारिन् । उनले भनिन्, ‘२ जोड एक भनेको चीन र भारतले नेपाललाई डिक्टेट गर्ने होइन । सबै देश समान हुन् ।

यो त्रिदेशीय सहकार्यको अवधारणा हो ।’ यसको उदाहरणका रुपमा उनले अफगानिस्तानको सुरक्षा बललाई चीन र भारतले संयुक्तरुपमा तालिम दिइरहेको बताइन् ।

प्रकाशित मिति: Jan 3, 2020

प्रतिक्रिया दिनुहोस्