माेबाइल बालेट मार्फत अब मासिक ५ लाखसम्म भुक्तानी गर्न सकिने
अब विद्युतीय माध्यम अर्थात माेेवाइल बालेट मार्फत मासिक ५ लाखसम्म भुक्तानी गर्न पाइने भएको छ ।
नेपाल राष्ट्र बैंकले एकिकृत निर्देशन जारी गर्दै त्यस्तो कारोबारको सीमा बढाएको हो ।
यसअघि यस्तो सीमा १ लाखसम्म थियो । राष्ट्र बैंकले भुक्तानीमा लचकता अपनाउँदै यस्तो व्यवस्था गरेको हो ।
त्यस्तै, एक वालेटबाट अर्काे वालेटमा मासिक ५० हजार रुपैयाँसम्म ट्रान्सफर गर्न पाइने व्यवस्था गरेको छ । यस्तो कारोबार दिनमा भने २५ हजारसम्म गर्न पाइन्छ ।
वालेटबाट वालेट वाहकको बैंक खातामा रकमान्तर गर्दा कुनैे सीमा तोकिएको छैन ।
त्यस्तै, राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाको एटिएम बुथमा राखिने सुरक्षा गार्ड हटाउन निर्देशन दिएको छ ।
सिसि टिभीबाट निगरानी बढाइने भएकाले सुरक्षा गार्ड हटाइएको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले बताए ।