भूकम्पपछि पोखरा आसपासका त्रसित बासिन्दा बाहिरिए सडकमा
बिहीबार राती गएको भूकम्पपछि त्रसित भएर सडकमा निस्केका छन् । मध्यरातमा पोखरा आसपासका मानिसहरू अझै भुकम्प आउने हो कि भन्ने डरले सडकमा झरेका हुन् ।
कास्कीको घाचोक केन्द्रविन्दु भएर राति ९ बजेर ५९ मिनेटमा भूकम्प गएको थियो । कास्कीको घाचोक केन्द्रविन्दु भएर ३.८ म्याग्नेच्यूटको भूकम्प धक्का गएको रष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
करिब ५ सेकेण्ड लामो भूकम्प यो नयाँ भूकम्प नभई २०७२ साल बैशाख १२ गते गएको भूकम्प कै पराकम्पन हुन सक्ने बताएको छ ।
भूकम्प गएपछि मानिसहरु त्रासमा परेका छन् । सुतिरहेका उठेका थिए भने नसुतेकाहरु हतारीदै घर बाहिर निस्केका थिए ।
पोखराका न्युरोडमा भूकम्प आए पछि मानिसहरु सडकमा आएको भन्दै पत्रकार एकराज गिरीले फेसबुकमा फोटो पोस्ट गरेका छन् ।
स्थानीय बुद्धिसागर अधिकारीले जम्मा ३.८ म्याग्नेच्यूट जादाँ आरसिसि घरहरू सबै हल्लिएको बताउदै धक्का ठूलो महशुस भएको बताएका छन् ।