Logo
५ माघ २०८१, शनिबार
(January 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तेस्रो पटक भारतीय विदेश मन्त्रालयले भन्यो – ‘कालापानी क्षेत्र भारतकै हो’

भारत सरकारले कालापानी भारतकै क्षेत्र भएको बताएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले सीमाका सम्बन्धमा भारतीय पक्ष स्पष्ट रहेको बताएका छन् ।

उनले विगतमा पनि भारतले नयाँ नक्सामा नेपालसँगको सिमानामा कुनै हेरफेर नगरेको दाबी गर्दै आएका थिए। बिहीबार साप्ताहिक मिडिया ब्रिफिङका क्रममा उनले भारतको मानचित्रले नै कालकापानी क्षेत्र भारतकाे सार्वभौम क्षेत्र भएको स्पष्ट दर्शाउँने बताएका हुन् ।

उनले भने, ‘नयाँ नक्सामा नेपालसँग जोडिएको हाम्रो सीमामा कुनै फेरबदल गरेका छैनौं। नेपालसँगको सिमाना हाम्रो राजनीतिक नक्सामा यथावत रहेको छ।’

सीमा समस्याबारे छिमेकीका गुनासा भारतीयनीतिअनुसार वार्ताद्वारा समाधान गर्ने कुरामा भारत सरकार दृढ रहेकोउनले दाेहाेर्याए। उनले भने, ‘छिमेकी राष्ट्रसँग मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धको मध्यनजर गर्दै वार्ताका माध्यमबाट सीमाका विषय हल गर्ने प्रतिबद्धता दोहोर्याउँछौँ।’

यता नेपाल सरकारले भने भारतीय विदेश मन्त्रालयका यस्ता अभिव्यक्तिमा कुनै प्रतिक्रिया दिने गरेको छैन। नेपालले वार्ताद्वारा नै कालापानी क्षेत्रको समस्या समाधान गर्ने दाबी गर्दै आइरहेका बेला भारतबाट भने फरक खाले अभिव्यक्ति आइरहेका छन्।

प्रकाशित मिति: Jan 2, 2020

प्रतिक्रिया दिनुहोस्