Logo
३ मंसिर २०८१, सोमबार
(January 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्रालयका खरिदार सहित एकै दिन चार जना अख्तियारको फन्दामा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार जनाविरुद्ध भ्रष्टाचारको मुद्दा चलाएको छ । अख्तियारले ८३ हजार घुस लिएको आरोपमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका खरिदार त्रिलोचना पोखरेल, नक्कली शैक्षिक प्रमाणपत्रधारी नगर विकास समिति महेन्द्रनगरका अध्यक्ष सुरेन्द्रबहादुर विष्ट र कृषि सामग्री कम्पनी लिमिटेड, शाखा कार्यालय जनकपुरका रकिपर वरिष्ठ सहायक रामबाबु महतोसहित २ जनाविरुद्ध विशेष अदालतमा मुद्दा चलाएको हो ।

पोखरेलले ५ वटा सडकको प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) प्रतिवेदन तयार गर्दा कीर्ते मिटिङ माइन्युट र बैठक भत्ता बुझेको तथा सोही झुठ्ठा व्यहोराको आधारमा सेवाग्राहीबाट उक्त रकम घुस लिएको पाइएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

महेन्द्रनगर नगर विकास समितिका अध्यक्ष विष्टले भारतको गुरुकुल विश्वविद्यालय, बृन्दावन मथुरा उत्तरप्रदेशबाट माध्यमिक शिक्षा कक्षा १० उत्तीर्ण गरेको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पाइएको अख्तियारले जनाएको छ ।

उक्त शैक्षिक प्रमाणपत्र पेश गरी नगर विकास समितिको अध्यक्ष पदमा बहाल रही लाभ र सुविधा लिएको देखिएकाले भ्रष्टाचार मुद्दा चलाउनु परेको अख्तियारको भनाइ छ ।

स्टोरकिपर रामबाबु महतोले धानको बिउ लिलाम बिक्री प्रक्रियामा अनियमितता गरेको अख्तियारको आरोप छ ।

६८ हजार रुपैयाँ घुस लिएर स्टोरमा रहेको धानको बिउ लिलाम प्रक्रिया सम्पन्न हुनु अगावै प्रक्रियामा सहभागी नभएका व्यक्ति सिया किशोर साहलाई दिएर सार्वजनिक संस्थालाई हानीनोक्सानी र्पुयाएकाले अख्तियारले जनाएको छ ।

घुस लिएको ६८ हजार रुपैयाँ जफत हुने र बिक्री नभएको धानको बिउको मूल्य करिब ८ लाख ३६ हजार ६ सय ८० रुपैयाँ बराबर बिगोदाबीसहित भ्रष्टचारको मुद्दा दायर गरिएको अख्तियारले उल्लेख गरेको छ ।

प्रकाशित मिति: Jan 2, 2020

प्रतिक्रिया दिनुहोस्