पत्रकार प्रधानको निधन : ‘२७ वर्ष काम गरेको संस्थाले बिरामी हुँदा पनि हेरेन’
प्रदेश एक स्थित सुनसरीका पुराना पत्रकार याम प्रधानको निधन भएको छ ।
लामो समय देखि दुबै मृगौला फेल भएर उपचार गदै आएका प्रधानको आफ्नै निवासमा आज विहान ३ बजे निधन भएको हो।
नेपाल पत्रकार महासंघ सुनसरीका पूर्व अध्यक्ष,तथा प्रेस स्वतन्त्र सेनानी प्रधानको निधन भएको हो ।
पत्रकारितामा सक्रिय प्रधानलाई लामो समय देखि मृगौलाको डाईलेसिस गराउँदै राखिएको थियो ।
‘२७ वर्ष काम गरेको संस्थाले बिरामी हुँदा पनि हेरेन’ : याम प्रधान
नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रता सेनानी घोषणा गरेका इटहरीका पत्रकार याम प्रधान विगत केही समययता मृगौला रोगसँग निकै लामो समय जुधेर संसार त्यागेका छन् ।
हेर्नुस् उनी उचाररत रहेका बेला न्यूजालयले गरे भिडियो अन्तर्वार्ता :
[youtube https://www.youtube.com/watch?v=ycuEapfrEX0]