Logo
३ मंसिर २०८१, सोमबार
(January 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अज्ञात समूहद्वारा बाराको पिलुवामा एनसेलको टावरमा आगजनी

बाराको जितपुर सिमरा उपमहानगरपालिका- १६ पिलुवास्थित एनसेल टावरमा आगजनी भएको छ ।

सशस्त्र औद्योगिक सुरक्षा बलको ३०० मिटर पूर्वमा रहेको सो टावरमा मङ्गलबार राति अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी दिए ।

आगजनी कसले र्गयो भन्ने नखुलेको प्रहरी उपरीक्षक खनालको भनाइ छ । स्थानीयवासी जसबहादुर वाइबाको जग्गामा रहेको सो टावर मङ्गलबार राति करिब १० बजेका समयमा आगजनी भएको प्रहरीले जनाएको छ ।

घटनाका बारेमा आवश्यक अनुसनधान जारी रहेको प्रहरी नायब उपरीक्षक गोविन्द पुरीले बताए ।

आगजनीबाट टावरमा ८० प्रतिशत क्षति पुगेको बताउँदै उनले टावरमा रहेको जेनेरेटर र तारमा क्षति पुगेको भए पनि बिटिएस भने सुरक्षित रहेको छ ।

कलैया उपमहानगरपालिका र जितपुर सिमरा उपमहानगरपालिकाको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Jan 1, 2020

प्रतिक्रिया दिनुहोस्