Logo
५ माघ २०८१, शनिबार
(January 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सन् १८१५ मा भएको सुगौली सन्धिअनुसार कालापानी नेपालमा पर्छ : राजदूत आचार्य

कालापानीको विवादलाई भारतीय मिडिया टाइम्स अफ इन्डियाले भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यसँगको कुराकानीमा आधारित सामग्री प्रकाशन गरेको छ ।

आचार्यले अन्तरवार्तामा भनेका छन्, ‘सन् १८१५ मा भएको सुगौली सन्धिअनुसार कालापानी नेपालमा पर्छ,’, ‘हामीलाई थाहा छ कि भारत संवादबाट भाग्न खोजिरहेको छैन, तर नेपाल यसलाई चाँडो सल्टाउन चाहन्छ । नेपालले कालापानीलाई सानो मुद्दा मानेको छैन । यो समाधान भएमा दुई देशबीच विश्वासको वातावरण पुनस्र्था्पित हुनेछ । यस्ता विवादहरुलाई लामो समय कचपल्टिन दिनु हुँदैन ।’

अन्तरवार्तामा आचार्यले कालापानी नेपालको भएको र दुई देशबीचको सम्बन्धमा तिक्तता आउन नदिने यो विषयलाई तत्काल सल्टाउनुपर्ने बताएका छन् ।

आचार्यले नेपाल र भारतबीच रहेका सीमा विवादहरु सल्टाउन दुई देशका विदेश सचिव स्तरीय संयन्त्र रहेको भन्दै तत्काल यसको बैठक बस्नुपर्नेमा जोड दिएको टाइम्स अफ इन्डियाले जनाएको छ ।

प्रकाशित मिति: Jan 1, 2020

प्रतिक्रिया दिनुहोस्