Logo
३ मंसिर २०८१, सोमबार
(January 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली टोपी दिवस भव्य रूपमा सम्पन्न

विगत वर्षहरूमा झैँ यस वर्ष पनि अन्तर्रा्ष्ट्रिय नेपाली टोपी दिवस भव्य रूपमा मनाएको छ । जागरुक युवा अभियान नेपालले आज राजधानीको माइतीघरमा कार्यक्रम गरी दिवस मनाएको हो ।

युवायुवतीहरुले राष्ट्रिय पहिचान झल्काउने पोशाक, दौरा सुरुवाल, ढाकाटोपी, कालोटोपी लगाएर राष्ट्रिय गित गाउँदै टोपी दिवस मनाएका हुन् ।यसपटकको टोपी दिवस मनाउँदै संस्थाले सरकारको नेपाल भ्रमणवर्ष अभियानलाई पनि साथ दिएको छ ।

कार्यक्रममा नेपाली टोपी दिवस बनाउनु पर्नाको कारण र टोपीको महत्वका बारेमा धारणा राखिएको छ । कार्यक्रममा उपस्थित संचारकर्मी सम्झना पौडेलले राष्ट्रिय पोशाक हटाउने सरकारको निर्णय सच्याएर नेपाली पहिरनको सम्मान गर्नु पर्ने बताइन् ।

प्रकाशित मिति: Jan 1, 2020

प्रतिक्रिया दिनुहोस्