Logo
३ मंसिर २०८१, सोमबार
(January 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारले थाल्योघर भाडामा बस्नेमाथि निगरानी, सबै विवरण प्रहरीलाई बुझाउनुपर्ने

सरकारले घर भाडामा दिने घरबेटी मार्फत भाडामा बस्नेहरूको विवरण खोज्ने तयारी गरेको छ । पछिल्लो समय राजधानी काठमाडौंसहित देशका मुख्य शहरी क्षेत्रमा भाडामा बस्नेहरू मार्फत आपराधिक गतिविधि बढेको निश्कर्षसहित सरकारले घरबेटीमार्फत नै घर भाडामा लिएर बस्नेहरूको विवरण खोज्ने तयारी गरेको हो ।

गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा मंगलबार गृह मन्त्रालयमा बसेको बैठकमा सो बारे छलफल भएको हो । गृहसचिव प्रेमकुमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसमेत सहभागी बैठकमा गृहमन्त्री थापाले राजधानीसहित शहरी क्षेत्रमा आपराधिक गतिविधि बढेको विषयमा सरकारको ध्यानाकर्षण भएको बताएका थिए ।राजधानी दैनिकमा खबर छ ।

प्रकाशित मिति: Jan 1, 2020

प्रतिक्रिया दिनुहोस्