Logo
११ मंसिर २०८१, मंगलबार
(December 31, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल प्रेस युनियन सुनसरीको बनभोज कार्यक्रम सम्पन्न

शिव भट्टराई,गत वर्ष देखि जाडोको समयमा आपसी सम्वन्ध आत्मीयता कायम गर्ने उद्धेश्यले नेपाल प्रेस युनियन सुनसरीले आयोजना गर्न थालेको बनभोज कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिएको छ ।

आफना सदस्य तथा नेपाली काग्रेसका नेताहरुको सहभागितामा नेपाल प्रेस युनियन सुनसरीले तरहराको गणेशमान पार्कमा यस वर्षको बन भोज कार्यक्रमको आयोजना गरि निरन्तरता दिएको हो ।

धनबहादुर पुरी अध्यक्ष भएसंगै हरेक वर्ष आफना सदस्यहरुका लागि बनभोज कार्यक्रम आयोजना गर्ने योजना अघि सारेकोले यस वर्षको बनभोज कार्यक्रम पनि आयोजना गरिएको जनाइएको छ । बनभोज कार्यक्रममा नेपाली काग्रेस सुनसरीका सभापति तथा प्रतिपक्षी दल प्रदेस नम्बर १ का नेता राजिव कोइराला , सचेतक केदार कार्की , प्रदेससभा सदस्यहरु नबोदिता चौधरी , ज्योति सुब्बा , सुन्दरहरैचा नगरपालिकाका मेयर शिव ढकाल, इनरुवा नगरपालिकाकी उपमेयर जमुना पोखरेल, दुहवीकी उपप्रमुख सुनिता दाहाल , कोशी गाउँपालिकाका अध्यक्ष एयुव अन्सारी , हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।

त्यसै गरी उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिम पौडेल , बरिष्ठ उपाध्यक्ष दिवश पोखरेल , नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्का , पुर्व अध्यक्ष गोविन्द घिमीरे लगायतको पनि बनभोज कार्यक्रममा सहभागिता रहेको थियो । बनभोज कार्यक्रममा मनोरञ्जनका लागि लोक दोहोरी , म्युजिकल चेयर र हण्डी फुटाउने प्रतियोगिता समेत आयोजना गरिएको थियो । प्रतियोगिताका विजयीहरुलाई पुरस्कृत समेत गरिएको थियो । बनभोज कार्यक्रमको संयोजकत्व नेपाल प्रेस युनियन सुनसरीका सदस्य बिवेक रेग्मीले गरेका थिए। अन्तत कार्यक्रम भब्यताका साथ सम्पन्न भएको थियो ।

प्रकाशित मिति: Dec 31, 2019

प्रतिक्रिया दिनुहोस्