Logo
१८ पुस २०८१, बिहीबार
(December 31, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चन्दन रौनियार र बिजय राइको कामले समस्त पत्रकारीता क्षेत्र बदनाम भएको: महासंघ

नेपाल पत्रकार महासंघ सुनसरीले दुई जना पत्रकारको सदस्यता खारिज गर्ने बिषयमा छानबिन समिति गठन गरेको छ ।
चन्दन रौनियार र बिजय राइको कामले समस्त पत्रकारीता क्षेत्र बदनाम भएको भन्दै उनीहरुको सदस्यता राख्ने वा खारेज गर्ने बिषयमा छानबिन गर्नका लागि समिति गठन गरेको पत्रकार महासंघ सुनसरीले जनाएको छ ।

महासंघ सुनसरीका अध्यक्ष अमर खड्काको अध्यक्षतामा बसेको बैठकले महासंघ सुनसरीका सदस्य चन्दन रौनियार र बिजय राइको सदस्यता राख्ने वा खारेज गर्ने बिषयमा छानबिन गर्नका लागि समिति गठन गरेको हो ।

महासंघ सुनसरीका महिला उपाध्यक्ष शुभद्रा प्याकुरेलको संयोजकत्वमा तीन सदस्य छानबिन समिति गठन गरेको महासंघ सुनसरीका सचिव हिमाल दाहालले बताउनुभयो ।
समितिको सदस्यमा ध्रुव ढकाल र दिनेश गजमेर रहेको महासंघ सुनसरीका सचिव दाहालले बताउनुभयो ।
केही दिन अगाडि सुनसरीको दुहबीमा ऐम्बुलन्स चालकलाई कुटपीट गरेर प्रहरीको हिरातमा रौनिर गएका थिए भने राइ लागुऔषध सेवनमा प्रहरीको नियन्त्रणमा परेको थियो । दुवै अहिले धरौटीमा रिहा भएको छ ।

त्यसैगरी केही दिन अगाडि महासंघका सुनसरी उपाध्यक्ष सन्तोष काफ्ले माथि भएको आक्रमणको मुद्धाको बिषयमा सहयोग गर्नका लागि तीन सदस्य समिति गठन गरेको हो ।
समितिमा महिला उपाध्यक्ष शुभद्रा प्याकुरेल, महासंघ सुनसरीका सदस्यहरु अजितकुमार झा र अर्जुन सुवेदी सदस्य रहेको महासंघका सचिव दाहालले बताउनुभयो ।

समितिले काफ्लेको मुद्धाको बिषयमा सरकारी वकिल, अन्य वकिल, सुरक्षा निकायसंगको सहकार्य गर्नका लागि समिति गठन गरेको हो । त्यसैगरी महासंघले नयाँ सदस्यहरुका लागि सदस्यता भर्न आह्वान गरेको छ भने सुद्धिकरण अभियान समेत संचालन गर्ने महासंघले निर्णय गरेको छ ।

सुनसरीमा कतिपै गैर पत्रकारहरुले समेत पत्रकार महासंघको सदस्यता लिएकाले उनीहरुको सदस्यता खारेज गर्नका लागि सदस्यता सुद्धिकरण अभियान संचालन गर्ने निर्णय गरेको महासंघ सुनसरीले जनाएको छ !

प्रकाशित मिति: Dec 31, 2019

प्रतिक्रिया दिनुहोस्