भारतसँगको सिमानामा १ सय ५ वटा र चीनसँगको सीमामा ७ वटा सीमा चौकी स्थापना गरिने
काठमाडौं : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सरकारले कालापानीसम्म बाटो बनाउन बजेट विनियोजन गरेको जानकारी दिएका छन् ।
राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा मंगलबार भएको छलफलमा भारतले अतिक्रमण गरेको कालापानीसम्म बाटो खन्न बजेट छुट्याइएको जानकारी दिएका हुन् ।
उनले नेपाल-भारतसँगको सिमानामा १ सय ५ वटा सीमा चौकी र चीनसँगको सीमामा ७ वटा सीमा चौकी स्थापना गर्न लागिएको जानकारी दिए ।