ओलम्पिकमा स्वयमसेवक बन्न ६ लाख भन्दा बढीको आवेदन
ओलम्पिक २०२० का लागि स्वयमसेवक बन्न ६ लाख १० हजारभन्दा बढीले आवेदन दिएका छन् ।
यही डिसेम्बर ५ देखि आवेदनका लागि खुल्ला गरिएकोमा डिसेम्बर २९ सम्ममा ६ लाख १६ हजार जनाले आवेदन दिएका हुन् ।
निवेदन दिनेमा अधिकांश युवा विद्यार्थी रहेका र त्यसमा विदेशी विद्यार्थी पनि रहेको चिनियाँ अधिकारीहरुले जानकारी दिएका छन् ।
विश्वकै ध्यान खिच्नेगरी हुन लागेको “२०२० वेइजिङ विन्टर गेम्स”का लागि यती ठूलो संख्यामा आवेदन पर्नुले यसप्रतिको चासो धेरै रहेको पुष्टी छ ।
आयोजक समितिले ती मध्येबाट आवश्यकता र योग्यताका आधारमा छनौट गर्ने समाचारमा जनाइएको छ ।
महत्वका साथ हेरिएको यस खेलकुद प्रतियोगिता आगामी फेब्रुअरीमा चीनको याङइङ जिल्लामा हुने तय भइसकेको छ ।