उपेन्द्र यादव भन्छन्-“ओली सरकारले संविधान संशोधन नगरे ज्वालामुखी विस्फोट हुन्छ, तयार रहन अपिल
समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारले संविधान संशोधन नगरे बनेको अन्तरसंघर्षको ज्वालामुखी विस्फोट हुने चेतावनी दिएको छन् ।
संविधान संशोधन गराउने लक्ष्यका साथ सरकारमा गएको र संविधान संशोधन नभएपछि सरकार छाडेको उनले दावी गरे । उनले अब संसद र सडक संघर्ष गर्ने उद्घोष गरे।
सोमबार महोत्तरीको जलेश्वरमा यादवले संविधान संशोधन नगरी सरकार अगाडी बढे मुलुकमा ठूलो विस्फोट हुने चेतावनी दिएका हुन् ।
समाजवादी युवा संघको पहिलो जिल्ला सम्मेलनमा अध्यक्ष यादवले भने, ‘ज्वालामुखी भित्रभित्रै जलिरहेको हुन्छ र एक विन्दुमा पुगेपछि विस्फोट हुन्छ । त्यसरी नै मधेसी र पहाडका जनजाती भित्रभित्रै छटपटाई रहेको छ । समयमै नचेते ठूलो विस्फोट हुन्छ ।’
विस्फोटमा मधेसी जनताको जीत हुने भन्दै यसको लागि मधेसी जनता आन्दोलनको लागि तयार रहन समेत उनले अपिल गरे ।