Logo
३ मंसिर २०८१, सोमबार
(December 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सहकारी नाफामुखी हैन सेवामुखी हुनुपर्छ : प्रमुख सचेतक गुरुङ

देव गुरुङ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख संचेतक देवप्रसाद गुरुङले सहकारी नाफामुखी मात्रै नभइ उत्पादनमुखी, वितरणमुखी र सेवामुखी हुनुपर्ने बताएका छन् ।

सुन्दरबजार नगरपालिका- १ कुन्छामा भागिरथी सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिडेडको चांैथो साधरणसभा तथा तेस्रो अधिवेशनको आज उद्घाटन गर्दै उनले भने, “सहकारीले नाफा हुने क्षेत्र बाहेक उत्पादनमू्लक क्षेत्रमा लगानी गर्न सके आत्मनिर्भर अर्थतन्त्रको विकासमा सहयोग पुग्छ ।”

संचेतक गुरुङले सहकारीको मूल्य, मान्यता र सिद्धान्तका आधारमा सहकारी चल्नुपर्नेमा जोड दिनु पर्ने बताए । सो अवसरमा उनले उक्त सहकारीको नवर्निमित भवनको उद्घाटन पनि गरे ।

रु २१ लाखको लागतमा दुई तले सो भवन करीब चार आना जग्गामा निर्माण गरिएको सहकारीले जनाएको छ । विभिन्न सङ्घ संस्थाको आर्थिक सहयोगमा निर्माण भएको सो भवनमा चार वटा कोठा रहेका छन् ।

प्रकाशित मिति: Dec 30, 2019

प्रतिक्रिया दिनुहोस्