Logo
३ मंसिर २०८१, सोमबार
(December 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकी सेनाको आक्रमणमा परी इराकमा १९ लडाकू मारिए

इराकको पश्चिमी क्षेत्रमा पर्ने अन्बार राज्यमा अमेरिकी सेनाले गरेको आक्रमणमा परी १९ भन्दा बढी मारिएका छन् ।

घटनामा परी अरु ३५ जना घाइते पनि भएको अधिकारीहरुले जनाएका छन् । मारिएका र घाइते भएकाहरु हशद शाबी लडाकू समूहका सदस्य रहेको जनाइएको छ । सिरियासँगको सीमा क्षेत्रमा यो घटना आइतबार भएको सरकारी सञ्चार माध्यमहरुले जनाएका छन् ।

लडाकू समूहले नियन्त्रणमा लिएका क्षेत्र र हातहतियारहरु लुकाईराखेको स्थानलाई लक्षित गरेर अमेरिकी सेनाले आक्रमण गरेको अधिकारीहरुले बताएका छन् ।

आफ्नो देशका एक ठेकेदार मारिएपछि अमेरिकी सेनाले इराक र सिरियास्थित इरानसमर्थित लडाकू शिविरमा आक्रमण गरेको जनाइएको छ ।

गत हप्ता किर्कुकमा भएको रकेट आक्रमणमा परेर एक अमेरिकी ठेकेदारको मृत्यु भएको थियो भने कैयौँ अमेरिकी सेना तथा इराकी अधिकारीहरू घाइते भएका थिए ।

प्रकाशित मिति: Dec 30, 2019

प्रतिक्रिया दिनुहोस्