Logo
४ माघ २०८१, शुक्रबार
(December 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पक्राउ परेका १२२ चिनियाँलाई देश निकाला गरिदै, मुद्दा नचलाइने

संगठित रुपमा नेपालमा आपराधिक कार्यमा संलग्न चिनियाँ नागरिकमाथि अनुसन्धान गरी मुद्दा चलाउने भन्दा देशबाट बाहिर पठाउने प्रक्रिया बढाइएको छ ।

प्रहरी स्रोतका अनुसार १२२ चिनियाँलाई चीन पठाउने कानुनी प्रक्रिया मिलाइँदैछ । उनीहरुलाई पठाइँदा विवाद नहोस् भनेर सबै कानुनी प्रक्रिया पुर्याइन लागेको हो ।

चिनियाँ विमान नै लिन आउने भनिएपनि अझै आइनसक्नुमा प्रक्रिया पुर्याउन समय लागेर हो । उनीहरुलाई अदालतमा पुर्याएर म्याद थप गर्नेभन्दा जिल्ला प्रशासन कार्यालय लगेर म्याद थप गर्ने गरी अभियोग लगाइएको छ ।

अभद्र व्यवहारको अभियोग लगाइएकाले जिल्ला प्रशासन कार्यालयमा इजलाश हुने व्यवस्था छ । त्यसका लागि आइतबार जिल्ला प्रशासन कार्यालयमा चिनियाँ नागरिकहरुलाई लगेर दश दिन म्याद थप गरिएको छ ।

गत हप्ता राजधानीको विभिन्न स्थानमा छापा मार्दा एकैपटक १२२ चिनियाँ पक्राउ परेका थिए । उनीहरु संगठित अपराधमा सक्रिय रहेको तथ्य फेला परेपनि प्रहरीले अभद्र व्यवहारको अभियोग लगाएर अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: Dec 30, 2019

प्रतिक्रिया दिनुहोस्