काठमाडौँमा परीक्षण गरिएका सवारी साधनमध्ये ३८ प्रतिशत प्रदूषण परीक्षणमा असफल
काठमाडौँमा परीक्षण गरिएका सवारी साधनमध्ये ३८ प्रतिशत प्रदूषण परीक्षणमा असफल भएका छन् ।सवारी फिटनेस परीक्षण केन्द्र, टेकुले दिएको जानकारी अनुसार चालू आर्थिक वर्ष २०७६र७७ को साउनदेखि मंसिरसम्मको अवधिमा ५ हजार ५ सय सवारीको प्रदूषण परीक्षण गरिएकोमा २ हजारभन्दा बढी परीक्षणमा असफल भएका हुन् । यसरी असफल हुने सवारीहरुमा डिजेलबाट चल्ने सवारीको सङ्ख्या बढी छ ।
केन्द्रका प्राविधिक इन्जिनियर लालबाबु यादवका अनुसार केन्द्र औसतमा दैनिक ८० वटा सवारी जाँचका लागि आउने गरेका छन् र त्यसमध्ये ३० भन्दा बढी असफल हुने गरेका छन् । केन्द्रमा २–२ वटा डिजेल र पेट्रोलका सवारीको प्रदूषण जाँच्ने उत्सर्जन जाँचयन्त्र छन् ।
आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।