Logo
५ माघ २०८१, शनिबार
(December 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बढ्यो सिमा सुरक्षा बलको सक्रियता : हटाइयो नेपाल-भारत दशगजा क्षेत्रका भौतिक संरचना

नेपाल र भारत दुवै देशका सुरक्षाकर्मीको संयुक्त पहलमा  दशगजा क्षेत्रमा बनाइएका भौतिक संरचना हटाउने कार्य सुरु भएको छ।

प्रायः देश भरमै यो पहल थालिएको हो । सीमा क्षेत्रमा निर्माण भएका गाईगोठ, घरटहरा, पसल तथा बजार हटाउन सुरु गरिएको हो ।

प्रदेश नम्बर २ स्थित रौतहटमा जंगे, मझौला तथा साना पिल्लरहरुलाई समेत नोक्सानी पुग्ने गरी बनाइएका भौतिक संरचना भत्काइएको सशस्त्र प्रहरी बल ११ नम्बर गणका गणपति रवीनराज कर्णजितले बताए।

पुस ६ गते सशस्त्र प्रहरी बल ११ नम्बर गणका गण र भारतीय सीमा सुरक्षा बल (एसएसबी)का प्रतिनिधिको बैठकले दशगजा क्षेत्रमा रहेका भौतिक संरचना हटाउने निर्णय गरेको थियो। साही निर्णयअनुसार शुक्रबारदेखि रौतहटको पश्चिमी सीमा क्षेत्रबाट काम सुरु गरिएको गणपति कर्णजितले बताए।

यहाँको दशगजा क्षेत्रको अधिकांश भूभागलाई दुवैतर्फका स्थानीयवासीले निजी कामका लागि प्रयोग गर्दै आएका थिए। भारतीय नागरिकहरुले दशगजामा रहेका भूभागलाई खेतका रुपमा समेत प्रयोग गर्ने गरेका छन्।

नेपालको परोहा नगरपालिका–७ र ८ नरकटिया गाउँ र भारततर्फ मोतिहारी ज्लिलाको कबैया पञ्चायत–६ खर्सलवा बीचमा पर्ने भौतिक संरचना हटाएको हो।

प्रकाशित मिति: Dec 28, 2019

प्रतिक्रिया दिनुहोस्