Logo
५ माघ २०८१, शनिबार
(December 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालीका “भाञ्जा” दार्जीलिङ्गका हर्षवर्द्वन शृंगला भारतको नयाँ विदेश सचिवमा नियुक्त

भारत सरकारले हाल अमेरिकाका लागि राजदूत रहेका हर्षवर्द्वन शृंगलालाई नयाँ विदेश सचिवमा नियुक्त गरेको छ । उनी दार्जीलिङ्गका भारतीय हुन् भने प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमणका बेला सफलपुर्वक ‘हाउडी मोदी’ कार्यक्रम गरेर उनी चर्चामा आएका थिए ।

भारतका विदेश सचिव विजय गोखलेको पदावधी सकिन केहीदिन बाँकी रहेका बेला शृंगलालाई विदेश सचिव नियुक्त गरिएको हो । गोखलेको पदावधि सकिनासाथ शृंगलाले कार्यभार सम्हाल्नेछन् ।

शृंगलाले सन् २०२० को जनवरी २९ बाट भारतको ३३ औं विदेश सचिवका रुपमा काम सुरु गर्दैछन् ।
अहिले उनी अमेरिकाका लागि भारतका राजदूत छन् । उनले यसअघि बंगलादेशका लागि भारतको उच्चायुक्त र थाइल्यान्डको लागि भारतको राजदूतका रुपमा समेत काम गरिसकेका छन्

उनले बंगलादेशसँगको सीमा समस्या समाधानमा पनि महत्वपूर्ण भूमिका खेलेका थिए । उनी अंग्रेजी र हिन्दीका अतिरिक्त  नेपाली, भियतनामी र फ्रेन्च भाषापनि बोल्ने गरेको इकोनोमिक टाइम्सले जनाएको छ ।

उनी भारतीय विदेश मन्त्रालयमा बंगलादेश, म्यानमार, श्रीलंका र माल्दिभ्स मामिलाका प्रमुखका रुपमा पनि काम गरिसकेका छन् ।

भारतको वर्तमान सरकारले छिमेक पहिलो भन्ने नीति लिँदै आएको छ ।  भारतीय विदेश सचिव पदीय हिसावले पनि छिमेकी मुलुकका लागि महत्वपूर्ण पद हो ।

यता उनको पारिवारिक पृष्ठभुमिलाई हेर्दा भारतीय विदेश सचिव शृंगला भने नेपालीका भाञ्जा हुन् ।
प्रदेश ३ स्थित ललितपुर मामाघर भएका शृंगला सन् १९८४ व्याचका कर्मचारी हुन् ।

उनका पिता छिरिङ्ग शृंगला दार्जीलिङ्गमा पढ्दै गर्दा त्यहाँ पढ्न गएकी ललितपुरकी नेपाली छात्रा हरिदेवी बस्नेतसँग प्रेम सम्बन्ध गाँसिएको थियो ।
उनले त्यसपछि हरिदेवीसँग नै विवाह गरेका थिए । सचिव शृंगला परिवारको जेठो छोरो हुन् ।

उनको जन्म मुम्बइमा भएको थियो भने मायो कलेजमा उनले अध्ययन गरेका थिए । उनका मावली परिवार ललितपुर स्थायी बासिन्दा हुन् ।

प्रकाशित मिति: Dec 26, 2019

प्रतिक्रिया दिनुहोस्