Logo
३ मंसिर २०८१, सोमबार
(December 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चोरीको आरोपपछि अर्जेन्टिनाका लागि मेक्सिकोका राजदूतले दिए राजीनामा

चोरीको आरोपपछि अर्जेन्टिनाका लागि मेक्सिकोका राजदूतले राजीनामा दिएका छन् । पुस्तक पसलबाट एउटा पुस्तक चोर्ने प्रयास गरेको भिडियो सार्वजनिक भएपछि ७७ वर्षीय रिकार्डो भलेरोले राजीनामा दिएका हुन् । तर, उनले स्वास्थ्यको कारण दर्साउँदै राजीनामा दिएको बताएका छन् । मेक्सिकोको विदेश मन्त्रालयले उनको राजीनामा सोमबार स्वीकार गरेको जनाएको छ ।

ब्युनस आयर्सको पुस्तक पसलबाट पैसा नतिरी एउटा किताब लग्दै गरेको सिसिटिभी फुटेजमा देखिएपछि मेक्सिको सरकारले भलेरोलाई यसै महिना फिर्ता बोलाएको थियो । पुस्तक काण्डपछि भलेरोले कूटनीतिक उन्मुक्तिका लागि अपिल गरेका थिए । उनलाई विमानस्थलको एउटा पसलबाट कमेज चोर्न खोजेको अर्को नयाँ आरोप पनि लागेको छ ।

अक्टोबरमा एल एटिनियो ग्रान्ड स्प्लेन्डिडबाट एउटा पुस्तक लिएर ढोकाबाट बाहिर निस्कनुअघि त्यसलाई एउटा पत्रिकामा बेरेर राखेको भिडियो सार्वजनिक भएपछि उनीबारे सर्वत्र चासो बढेको थियो ।

उनले चोरेको बताइएको पुस्तक १८औं शताब्दीका इटालीका लेखक, सिपाही र जासुस जिआकोमो कासानोभाको जीवनीमा आधारित छ । पुस्तकको मूल्य १० डलर पर्छ ।नयाँ पत्रिकामा खबर छ ।

प्रकाशित मिति: Dec 25, 2019

प्रतिक्रिया दिनुहोस्