सेनाद्वारा डिस्पोज गरिएको शंकास्पद बस्तुमा फेला र्पयो हाडका टुक्रा !
जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिका–४ शुक्रबारे बजारको सडकमा सोमबार(आज) बिहान भेटिएको बम नक्कली रहेको खुलेको छ ।
तर खोलेर हेर्दा हेर्दा त्यसभित्र हाडका केही टुक्रा र मसिना तारहरु फेला पारेको छ । शंकास्पद बस्तु फेला परेपछि प्रहरीले सडकमा आवतजावत बन्न गरेर बम डिस्पोजल टोलीलाई बोलाएको थयो । सेनाको डिस्पोजल टोलीले उक्त शंकास्पद वस्तु डिस्पोज गरेको थियो ।
सर्वसाधारणमा त्रास फैलाउन यस्तो वस्तु राखिएको हुनसक्ने जिल्ला प्रहरी धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताए ।